एमाले स्थायी कमिटी बैठक : विधान संशोधन प्रस्ताव पारित
काठमाडौं, साउन २५ : एमाले स्थायी कमिटी बैठक सकिएको छ। आज (सोमबार) ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सम्पन्न बैठकले विधान संशोधन प्रस्ताव पारित...
काठमाडौं, साउन २५ : एमाले स्थायी कमिटी बैठक सकिएको छ। आज (सोमबार) ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सम्पन्न बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको छ।
स्थायी कमिटीबाट पारित विधान संशोधन प्रस्ताव आजै दिउँसो सोही ठाउँमा बस्ने एमालेको केन्द्रीय कमिटीको बैठकमा छलफलका लागि पेस गरिने एक नेताले जानकारी दिए।
आजको स्थायी कमिटी बैठकमा अध्यक्ष केपी ओलीद्वारा प्रस्तुत राजनीतिक तथा महासचिव ईश्वर पोखरेलद्वारा प्रस्तुत सांगठानिक प्रतिवेदन पनि छलफलका लागि केन्द्रीय कमिटी बैठकमा लाने निर्णय भएको पनि जनाइएको छ।
एमालेको यसअघि बसेको स्थायी कमिटी बैठकले भदौ २७ र २८ गते विधान महाधिवेशन गर्ने निर्णय गरिसकेको छ। त्यसैको तयारीका लागि आजको केन्द्रीय कमिटी बैठक बोलाइएको थियो।
स्थायी कमिटी बैठकमा सहभागी नभएको एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहले केन्द्रीय कमिटी बैठकमा पनि सहभागिता नजाउने बताएको छ। पार्टी एकता प्रक्रिया चलिरहेका बेला कुनै महत्वपूर्ण निर्णय नगर्न सचेत गराउँदै आएको छ।











