सात घण्टादेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द, खुल्ने समय अझै लम्बिँदै
काठमाडौं, असार २७ : सात घण्टादेखि बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुल्न अझै केही घण्टा लाग्ने भएको छ।
यती एयरलाइन्सको जहा....
काठमाडौं, असार २७ : सात घण्टादेखि बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुल्न अझै केही घण्टा लाग्ने भएको छ।
यती एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गमा चिप्लिएर अड्किएपछि बन्द विमानस्थल खुल्ने अनिश्चित हुँदै गएको हो।
शुक्रबार बिहान १० बजे नेपालगञ्ज–काठमाडौं उडानमा रहेको यति एयरलाइन्सको एटिआर ७२ जहाज अवतरणका क्रममा धावन मार्गमा चिप्लिएर दुर्घटना भएको छ। जसका कारण नेपालको सम्पर्क विश्वसामू टुटेको ७ घण्टा भइसकेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अपरेसन विभागका प्रमुख उत्सव खरेलका अनुसार बेलुकी ७ बजेसम्मका लागि पुनः विमानस्थल बन्द गरिएको जानकारी दिए। ‘भारी वर्षाका कारण जहाज तान्न कठिनाइ भएको छ, बेलुकी ७ बजेसम्म तान्न सकिनेमा विश्वासमा छौ,’ खरेलले भने।
यसअघि तीन बजेसम्मका लागि बन्द गरिएको विमानस्थल बेलुकी पाँच बजेसम्मका लागि लम्ब्याइएको थियो। अड्किएको जहाज धावनमार्गबाट बाहिर निकाल्न समय लागेकाले फेरि साँझ ७ बजेसम्मका लागि विमानस्थल बन्द गरिएको हो। जहाज हटाउन नसकेपछि विमानस्थल बन्दको समय बढेको कार्यालयले जनाएको छ।
यतीको एटिआर जहाजमा ६८ यात्रु तथा ४ जना चालक दलका सदस्यहरु सवार थिए। जहाज चिप्लिएपछि तीन जना यात्रु घाइते भएका थिए। विमानस्थलको धावन मार्ग ०२ बाट अवतरण गर्ने क्रममा १ हजार २ सय ८० मिटर दूरीमा धावन मार्ग दक्षिण पूर्वतर्फ यति एयरलाइन्सको विमान चिप्लिएको थियो।






