एचआइडिसिएलकाे हकप्रद सेयर भर्ने म्याद भदौ ८ सम्म थपियो
काठमाडौं, साउन २४ : हाइड्रोइलेक्ट्रीसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) को हकप्रद सेयरका लागि आवेदन दिने मिति १२ दिन थप गरिएको छ।कम्पनीले...
काठमाडौं, साउन २५ : हाइड्रोइलेक्ट्रीसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) को हकप्रद सेयरका लागि आवेदन दिने मिति १५ दिन थप गरिएको छ।
कम्पनीले साउन ५ देखि २५ गतेसम्मका लागि हकप्रद सेयरका लागि आवेदन दिन सक्ने गरी हकप्रद सेयर खुला गरेको थियो । अब १२ दिन थप गरिएपछि भदौ ८ गतेसम्म आवेदकले हकप्रद सेयर भर्न सक्नेछन्।
एचआइडिसिएलले एक कित्ता बराबर नयाँ एक कित्ता सेयरको अनुपातमा हकप्रद सेयर निष्कासन गरेको हो। कम्पनीले सय रुपैयाँ अंकित दरका ११ करोड कित्ता हकप्रद निष्कासन गरेको हो। हकप्रद निष्कासन तथा बाँडफाँटपछि यस कम्पनीको चुक्ता पुँजी २२ अर्ब रुपैयाँ पुग्नेछ।
कम्पनीले हकप्रद निष्कासन गर्ने प्रयोजनका लागि जेठ २८ गते सेयर दाखिला खारेजी (बुकक्लोज) गरेको थियो। जेठ २७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीले मात्र सो हकप्रदमा आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।
कम्पनीको हकप्रद सेयरको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। ग्लोबल आइएमई क्यापिटल, ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। मेरो सेयर सफ्टवेयरमार्फत पनि आवेदन दिन पाइनेछ।










-1789453539.jpg)
