Kathmandu Press

सुनको मूल्यमा हजार रूपैयाँ गिरावट, चाँदीमा २५ रुपैयाँ घट्यो

काठमाडौं, साउन २५ : आज (सोमबार) सुनचाँदीको मूल्यमा गिरावट आएको छ। आज सुन प्रतितोला ८९ हजारमा कारोबार भइरहेको छ। आइतबार प्रतितोला ९० हजारमा...
सुनको मूल्यमा हजार रूपैयाँ गिरावट, चाँदीमा २५ रुपैयाँ घट्यो

काठमाडौं, साउन २५ : आज (सोमबार) सुनचाँदीको मूल्यमा गिरावट आएको छ। आज सुन प्रतितोला ८९ हजारमा कारोबार भइरहेको छ। आइतबार प्रतितोला ९० हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

तेजाबी सुन प्रतितोला ८८ हजार ५ सय ५० रुपैयाँ कायम गरिएको छ, जुन आइतबार प्रतितोला ८९ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

आइबारको तुलनामा आज सुन एक हजार रुपैयाँले ओरालो लागेको हो।

त्यस्तै चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँ घटेको हो। आज प्रतितोला १ हजार २ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी १ हजार १ सय ९५ रुपैयाँमा किनबेच भएको थियो।  

प्रकाशित मिति: १२:५८ बजे, सोमबार, साउन २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्