Kathmandu Press

एमाले स्थायी कमिटी बैठक जारी, लगत्तै केन्द्रीय कमिटी बस्ने 

काठमाडौं, साउन २५ : एमालेको स्थायी कमिटी बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठान भवनमा जारी छ । दिउँसो ३ बजे बस्ने केन्द्रीय कमिटी बैठकको...
एमाले स्थायी कमिटी बैठक जारी, लगत्तै केन्द्रीय कमिटी बस्ने 

काठमाडौं, साउन २५ : एमालेको स्थायी कमिटी बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठान भवनमा जारी छ । दिउँसो ३ बजे बस्ने केन्द्रीय कमिटी बैठकको एजेण्डाबारे छलफल गर्न स्थायी कमिटी बैठक बसेको हो।

बैठकमा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी रहेका छन् ।

बैठकमा विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान मस्यौदा प्रस्तावमाथि छलफल हुने जनाइएको छ। स्थायी कमिटीले विधान मस्यौदा प्रस्ताव पारित गरेपछि केन्द्रीय कमिटीमा पेस गर्ने र सो प्रस्ताव साउन २७ भित्र सबै मातहत कमिटीहरूमा अध्ययन र सुझावका लागि पठाइने एमालेले जनाएको छ।

भदौ २७ र २८ गते एमालेको विधान महाधिवेशन तोकिएको छ। वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले भने बैठक रोक्न माग गरिरहेको बेला संगठनका काम कारवाही नरोकिने भन्दै एमाले संस्थापन पक्षले गतिविधि जारी राखेको हो।
 

प्रकाशित मिति: १२:४६ बजे, सोमबार, साउन २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्