Kathmandu Press

इन्फिनिटी लघुवित्तले पायो साढे ६ करोड पुँजी वृद्धिको स्वीकृति 

काठमाडौं, साउन २५ : इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले करिब साढे ६ करोड पुँजी वृद्धिका लागि स्वीकृति पाएको छ।कम्पनीको साउन २१ गते बसेको...
इन्फिनिटी लघुवित्तले पायो साढे ६ करोड पुँजी वृद्धिको स्वीकृति 

काठमाडौं, साउन २५ : इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले करिब साढे ६ करोड पुँजी वृद्धिका लागि स्वीकृति पाएको छ।

कम्पनीको साउन २१ गते बसेको विशेष साधारणसभाको निर्णयबमोजिम कम्पनीको रजिस्ट्रारको कार्यालयले साउन २२ गतेको बैठकले साबिकको जारी पुँजी २६ करोड ६ लाख ४९ हजार ९ सय ५० रुपैयाँलाई वृद्धि गरेर ३२ करोड ४६ लाख ३ हजार ४ सय ७२ रुपैयाँ कायम गर्न स्वीकृति दिएको सहायक रजिस्ट्रार दिवाकर शर्माले जानकारी दिए।

पुँजीवृद्धिसहित प्रबन्धपत्रमा भएको संशोधन अभिलेख सम्बन्धित निकायमा पठाइएको उनले बताएका छन्। 

 

प्रकाशित मिति: १२:४४ बजे, सोमबार, साउन २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्