माछापुच्छ्रे बैंक सञ्चालक समितिमा वन्दना कार्की नियुक्त
काठमाडौं, साउन २५ : माछापुच्छ्रे बैकको सञ्चालकमा वन्दना कार्की नियुक्त भएकी छन्।बैंकको सञ्चालक समितिको आइतबार बसेको बैठकले उनलाई साधारण सेयधनीका तर्फबाट सञ्चालकमा नियुक्त गरेको...
काठमाडौं, साउन २५ : माछापुच्छ्रे बैकको सञ्चालकमा वन्दना कार्की नियुक्त भएकी छन्।
बैंकको सञ्चालक समितिको आइतबार बसेको बैठकले उनलाई साधारण सेयधनीका तर्फबाट सञ्चालकमा नियुक्त गरेको कम्पनी सचिव टीका भट्टराईले जानकारी दिए।
यसअघि सेयरधनीका तर्फबाट नियुक्त सञ्चालक सिर्जना कार्कीले राजीनामा दिएपछि रिक्त हुन आएको पदमा वन्दनालाई नियुक्त गरिएको जनाइएको छ।
सिर्जनाको राजीनामा पनि आइतबार बसेको बैठकले नै स्वीकृत गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले जानकारी दिए।
प्रकाशित मिति: १२:२३ बजे, सोमबार, साउन २५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1789453539.jpg)
