डब्लूएचओले नेपाललाई दियो २१ करोडबराबरका स्वास्थ्य सामग्री
काठमाडौं, साउन २५ : विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नेपाललाई १८ लाख अमेरिकी डलर ९करिब २१ करोड रुपैयाँ० बराबरका स्वास्थ्य सामग्री दिएको छ ।डब्लूएचओको नेपाल...
काठमाडौं, साउन २५ : विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नेपाललाई १८ लाख अमेरिकी डलर (करिब २१ करोड रुपैयाँ) बराबरका स्वास्थ्य सामग्री दिएको छ ।
डब्लूएचओको नेपाल कार्यालयले कोभिड–१९ महामारीविरुद्ध अत्यावश्यक स्वास्थ्य सामग्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेको हो ।
महामारीविरुद्ध लड्न नेपाललाई निरन्तर सहयोगको एउटा हिस्साका रूपमा ती सामग्री हस्तान्तरण गरिएको डब्लूएचओको नेपाल कार्यालयले जनाएको छ ।
हस्तान्तरण गरिएका सामग्रीमा अत्यावश्यक औषधि र सामग्रीहरू डेक्सामेथाजोन, अक्सिजन कन्सनट्रेटरहरू, सर्जिकल ग्लब्स र मास्क छन् । ती सामग्री सातवटै प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन शाखा र २८ वटा अस्पतालमा वितरण गरिने मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: १२:०५ बजे, सोमबार, साउन २५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











