वर्षाका कारण देशभरका हवाइ उडान ठप्प, हजारौं यात्रु प्रभावित
काठमाडौं, असार २७ : अविरल वर्षाका कारण देशभरका सबै विमानस्थल बन्द भएका छन्।
आन्तरिक उडान हुने ३० वटा विमानस्थलमा शुक्रबार कुनै पनि उडान....

काठमाडौं, असार २७ : अविरल वर्षाका कारण देशभरका सबै विमानस्थल बन्द भएका छन्।
आन्तरिक उडान हुने ३० वटा विमानस्थलमा शुक्रबार कुनै पनि उडान हुन सकेका छैनन्। वर्षाका कारण तराई र पहाडी क्षेत्रका सबै विमानस्थल बन्द भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। वर्षासँगै माैसममा खराबी आएकाले विमानस्थलहरुमा उडान र अवतरण रोकिएका हुन्।
यता, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गमा यती एयरलाइन्सको जहाज चिप्लिएर धावनमार्गमा अड्किएपछि उडान र अवतरण दुबै ठप्प छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आउने अन्तर्राष्ट्रिय एयरलाइन्सका जहाजहरु डाइभर्ट गरिएका छन्। आन्तरिक उडान विहानैदेखि कुनै पनि हुन सकेका छैनन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७० देखि ९० वटा अन्तर्राष्ट्रिय उडान/अवतरण हुने गरेका थिए भने आन्तरिकतर्फ २ सयभन्दा बढी उडान/अवतरण हुने गरेका थिए।
ट्रंक तथा दुर्गमका कुनै पनि विमानस्थलमा शुक्रबार उडान/अवतरण हुन सकेको छैन।











