बोलबम यात्रु चढेको गाडी दुर्घटना, एकको मृत्यु
रौतहट, साउन २५ : रौतहटको चन्द्रपुरमा बोलबमका यात्रु चढेको पिक अप भ्यान दुर्घटना भएको छ। दुर्घटनामा एक जनाको मृत्यु भएको छ।आज सोमबार बिहान...
रौतहट, साउन २५ : रौतहटको चन्द्रपुरमा बोलबमका यात्रु चढेको पिक अप भ्यान दुर्घटना भएको छ। दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
आज सोमबार बिहान बागमती सिंचाइको नहरमा बोलेरो दुर्घटना भएको हो। बाराको महागढीमाई नगरपालिकाबाट बोलबमका तीर्थालु बोकेर नुनथरमा रहेको बागमती नदीबाट जल बोक्न गएको ना ५ च ३१६६ नम्बरको गाडी दुर्घटनामा परेको हो।
दुर्घटना हुँदा बाराको गढिमाईकी ४५ वर्षीया मीनादेवी कोइरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनामा पाँच जना घाइते भएका छन्। उनीहरुको चन्द्रपुरमा उपचार भइरहेको छ।
नहरमा खसेका १३ जनालाई प्रहरीले उद्धार गरेको छ। गाडीमा करीब २० जना यात्रु रहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ०८:३६ बजे, सोमबार, साउन २५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











