Kathmandu Press

एमाले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं, साउन २५ : नेकपा (एमाले)को स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक आज बस्न लागेको छ।एमालेमा एकताको प्रयासका लागि भन्दै आइतबार बोलाइएको केन्द्रीय...
एमाले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं, साउन २५ : नेकपा (एमाले)को स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक आज बस्न लागेको छ।

एमालेमा एकताको प्रयासका लागि भन्दै आइतबार बोलाइएको केन्द्रीय कमिटी आजलाई सारिएको थियो। आज ललितपुरको च्यासलस्थिल तुलसीलाल स्मृति प्रतिष्ठानमा बिहान ११ बजे स्थायी कमिटी र दिउँसो ३ बजे केन्द्रीय कमिटी बैठक बस्ने भएको हो।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार बिहान बस्ने स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्नेछ। बैठकमा पार्टीको विधान संशोधन, विधान अधिवेशनको तयारी, पार्टी एकतालगायत विषयमा छलफल हुने उनले बताए।

वरिष्ठ नेता माधवकुमार नेपाल पक्षसँग सहमति गर्ने प्रयास स्वरुप आइतबारको बैठक सारिएको थियो। आइतबार अध्यक्ष केपी शर्मा ओली र नेपाल पक्षका केही नेताबीच छलफल भएको थियो।

 

प्रकाशित मिति: ०७:२५ बजे, सोमबार, साउन २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्