Kathmandu Press

ज्येष्ठ नागरिकलाई कोभिशिल्डको दोस्रो डोज लगाइँदै

काठमाडौं, साउन २५ : आजदेखि ज्येष्ठ नागरिकलाई कोरोना भाइरस विद्धरुको खोपको दोस्रो डोज लगाइने भएको छ।यसअघि गत फागुन र चैतमा ज्येष्ठ नागरिकलाई कोभिशिल्डको...
ज्येष्ठ नागरिकलाई कोभिशिल्डको दोस्रो डोज लगाइँदै

काठमाडौं, साउन २५ : आजदेखि ज्येष्ठ नागरिकलाई कोरोना भाइरस विद्धरुको खोपको दोस्रो डोज लगाइने भएको छ।

यसअघि गत फागुन र चैतमा ज्येष्ठ नागरिकलाई कोभिशिल्डको पहिलो डोज लगाइएको थियो। उनीहरुलाई आजदेखि दोस्रो डोजका रुपमा एस्ट्राजेनेका खोप लगाइने भएको हो।

भारतबाट खरीद गरेको खोप नआएपछि ज्येष्ठ नागरिकले पाँच महिनासम्म पनि दोस्रो डोज लगाउन पाएका थिएनन्। जापान र भुटानले खोप दिएपछि दोस्रो डोज लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

आजदेखि बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका ज्येष्ठ नागरिकलाई दोस्रो डोज लगाइने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए। यो अभियान प्रदेश १ र २ मा भने केही दिनपछि सुरु हुने जनाइएको छ।

यससका लागि काठमाडौंमा भने एक सय ४४ केन्द्र तोकिएको छ। यसअघि भेरोसेल खोपको दोस्रो मात्रा लगाउँदा तोकिएका खोप केन्द्रमै एस्ट्राजेनेका खोप लगाइने भएको छ।

अहिलेसम्म एक करोड आएको छ। जसमध्ये ६० लाख खोप नेपालले खरीद गरेको हो भने अन्य अनुदानमा आएको हो।

चीनबाट ४० लाख भेरोसेल र भारतबाट २० लाख कोभिशिल्ड खरीद गरिएको थियो। जसमध्ये भारतबाट १० लाख खोप आएको छैन। चीनबाट थप खोप खरीद गर्ने सरकारको तयारी छ।

प्रकाशित मिति: १२:४४ बजे, सोमबार, साउन २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्