अपडेटः त्रिभुवन विमानस्थल पाँच बजेसम्मका लागि बन्द
काठमाडौं, असार २७ : यती एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गमा चिप्लिएर अड्किएपछि बेलुका पाँच बजेसम्मका लागि विम....
काठमाडौं, असार २७ : यती एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गमा चिप्लिएर अड्किएपछि बेलुका पाँच बजेसम्मका लागि विमानस्थल बन्द गरिएको छ।
यसअघि तीन बजेसम्मका लागि बन्द गरिएको विमानस्थल बेलुकी पाँच बजेसम्मका लागि विमानस्थल बन्द गरिएको प्रवक्ता प्रतावबाबु तिवारीले जानकारी दिए। शुक्रबार बिहान नेपालगञ्जबाट उडेको यती एयरको जहाज काठमाडौं विमानस्थलमा अवतरणका क्रममा धावन मार्गमा जहाज चिप्लिएको थियो।
योपनि: यतीको विमान त्रिभुवन विमानस्थलमा चिप्लियो
जसका कारण विहान देखिनै विमानस्थल बन्द भएको छ। जहाज हटाउन नसकेपछि विमानस्थल बन्दको समय बढेको कार्यालयले जनाएको छ। यतीको एटिआर जहाजमा ६८ यात्रु तथा ४ जना चालक दलका सदस्यहरु सवार थिए। जहाज चिप्लिएपछि तीन जना यात्रु घाइते भएका थिए।
विमानस्थलको धावन मार्ग ०२ बाट अवतरण गर्ने क्रममा १ हजार २ सय ८० मिटर दूरीमा धावन मार्ग दक्षिण पूर्वतर्फ यति एयरलाइन्सको विमान चिप्लिएको थियो।






