Kathmandu Press

आदिवासीका अधिकार सुनिश्चित गर्न सरकार सदैव प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं, साउन २५ : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अल्पसंख्यक र सीमान्तकृत समूहको अधिकारलाई सुनिश्चित गर्न सरकार सदैव प्रतिबद्ध रहेको बताएका...
आदिवासीका अधिकार सुनिश्चित गर्न सरकार सदैव प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं, साउन २५ : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अल्पसंख्यक र सीमान्तकृत समूहको अधिकारलाई सुनिश्चित गर्न सरकार सदैव प्रतिबद्ध रहेको बताएका छन्।

विश्व आदिवासी दिवसका अवसरमा नेपाल र नेपालबाहिर बस्ने सम्पूर्ण नेपाली आदिवासीलाई शुभकामना दिँदै प्रधानमन्त्री देउवाले यस दिवसले सम्पूर्ण आदिवासीको अधिकार र मुद्दालाई उठान गर्ने र सचेतीकरण गरी संसारभरका आदिवासी समुदायलाई एकै सूत्रमा बाँध्ने उल्लेख गरेका छन्।

‘कसैलाई पछाडि नछाडौँ : आदिवासी जनजाति र नयाँ सामाजिक सम्झौताका लागि आह्वान’ भन्ने नाराका साथ संसारभरका आदिवासीले आज अगस्ट ९ का दिन २७औँ विश्व आदिवासी दिवस मनाइरहेका छन्।

नेपाल सरकारले सन् २००७ सेप्टेम्बर १३ मा आदिवासीको अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय श्रम संगठनको प्रावधानलाई अनुमोदन गरिसकेको छ। आईएलओ प्रावधानअनुसार सरकार महासन्धिलाई कार्यान्वयन गर्न पूर्ण प्रतिबद्ध रहेको प्रधानमन्त्री देउवाले जनाएका छन्।

 

प्रकाशित मिति: ०६:१९ बजे, सोमबार, साउन २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्