लुम्बिनीको विशेष अधिवेशन रोक्न दायर रिट दर्ता गर्न सर्वोच्चद्वारा अस्वीकार
लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन रोक्न माग गर्दै दायर गर्न खोजिएको रिट दर्ता गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ।
काठमाडौं, साउन २४ : लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन रोक्न माग गर्दै दायर गर्न खोजिएको रिट दर्ता गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।
हकदैया नपुगेको बताउँदै सर्वोच्च प्रशासनले रिट दरपिठ गरिदिएको हो ।
विपक्षी गठबन्धनद्वारा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेशसभामा दर्ता गराएको अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेश प्रमुख अमिक शेरचनले २७ साउनमा विशेष अधिवेशन आह्वान गरेका छन् ।
अधिवक्ता प्रवेश केसीले त्यसविरुद्ध रिट दायर गर्न खोजेका थिए । तर, असम्बन्धित पक्षले रिट लिएर आएको बताउँदै सर्वोच्च प्रशासनले दरपिठ गरेको हो ।
प्रकाशित मिति: २१:२५ बजे, आइतबार, साउन २४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-1789476019.jpg)




-1789476019.jpg)





