Kathmandu Press

गृहमन्त्री खाँण र चिनियाँ राजदूतबीच भेटवार्ता, चीनले गरेको सहयोगमा उच्च प्रशंसा

काठमाडौं, साउन २४ : गृहमन्त्री बालकृष्ण खाँण र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ ।गृह मन्त्रालयमा आज भएको भेटमा मन्त्री...
गृहमन्त्री खाँण र चिनियाँ राजदूतबीच भेटवार्ता, चीनले गरेको सहयोगमा उच्च प्रशंसा

काठमाडौं, साउन २४ : गृहमन्त्री बालकृष्ण खाँण र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ ।

गृह मन्त्रालयमा आज भएको भेटमा मन्त्री खाँणले कोभिडविरुद्धको लडाइँमा चीनको ठूलो साथ र सहयोग रहेको बताउँदै कोरोना खोप उपलब्ध गराएकोमा चिनियाँ सरकारलाई विशेष धन्यवाद दिए ।

गृहमन्त्रीले खाँणले चिनियाँ सरकारले नेपाललाई गर्दै आएको मानवीय सहयोगको उच्च प्रशंसा पनि गरे । भेटमा चिनियाँ राजदूत होउले नयाँ सरकारको सफलताको कामना गर्दै आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

उनले नेपाल–चीनबीचको सम्बन्ध धेरै पुरानो भएको भन्दै उक्त सम्बन्धलाई चीन निरन्तरता दिन चाहेको बताए । उनले नेपाल सरकार र लोकतन्त्रप्रति चिनियाँ सरकार सधै सकारात्मक रहेको पनि बताईन् । 

प्रकाशित मिति: १९:११ बजे, आइतबार, साउन २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्