Kathmandu Press

‘स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताबारे छानबिन गरी दोषीलाई कानुनी कारबाही गरिने’

काठमाडौं, साउन २४ : सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको छ।सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा भइरहेको कार्यक्रममा  सरकारी कार्यदलका संयोजक पूर्णबहादुर खड्काले न्यूनतम साझा कार्यक्रमबारे जानकारी...
‘स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताबारे छानबिन गरी दोषीलाई कानुनी कारबाही गरिने’

काठमाडौं, साउन २४ : सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा आइतबार आयोजित कार्यक्रममा सरकारी कार्यदलका संयोजक पूर्णबहादुर खड्काले न्यूनतम साझा कार्यक्रमबारे वाचन गरेर जानकारी दिए।

त्यसक्रममा संयोजक खड्काले कोरोना महामारीबीच तत्कालीन केपी ओली नेतृत्वको सरकारका पालामा स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताबारे छानबिन गर्ने र दोषी देखिएका व्यक्ति तथा संस्थाउपर कानुनी कारबाही गर्ने बताए।

उनले आगामी असोजसम्म एक तिहाइ नागरिकलाई र चैतसम्म सबै नागरिकलाई निःशुल्क रूपमा कोरोनाविरुद्धको खोप उपलब्ध गराउने पनि सरकारको कार्यक्रम रहेको पनि बताएका छन्।

कोरोनाविरुद्धको खोप उत्पादनका लागि नेपालमै भ्याक्सिन ल्याब स्थापना गरिने, स्वास्थ्यकर्मी प्रोत्साहन भत्ता उपलब्ध गराइने, अस्पतालको भौतिक पूर्वाधारमा विकास गर्नेलगायत नीति वर्तमान संयुक्त सरकार अघि सारेको पनि बताइएको छ।

प्रकाशित मिति: १७:१७ बजे, आइतबार, साउन २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्