सरकारको पहिलो प्राथमिकतामा कोभिड महामारी नियन्त्रण
सत्ता पक्षीय गठबन्धनले आइतबार सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रममा कोभिड–१९ महामारी नियन्त्रणलाई पहिलो प्राथमिकता दिइएको छ ।
काठमाडौं, साउन २४ : सत्ता पक्षीय गठबन्धनले आइतबार सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रममा कोभिड–१९ महामारी नियन्त्रणलाई पहिलो प्राथमिकता दिइएको छ ।
सिंहदरबारमा आयोजित समारोहमा न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले उक्त जानकारी दिएका हुन् ।
‘संयुक्त सरकारको मुख्य प्राथमिकता कोभिड–१९ महामारीमा नागरिकको जीवन रक्षा गर्ने हुनेछ,’ खड्काले भने ।
सरकारले कोभिड महामारीका कारण थलिएका उद्योग, व्यवसाय, पर्यटनलगायत क्षेत्रलाई पुनः लयमा फर्काउन सरकार प्रतिबद्ध रहने उल्लेख गरे । सबै नागरिकलाई खोप उपलब्ध गराउने विषयलाई पनि साझा न्यूनतम कार्यक्रममा प्राथमिकता दिइएको छ ।
प्रकाशित मिति: १७:१० बजे, आइतबार, साउन २४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-1789476019.jpg)




-1789476019.jpg)





