Kathmandu Press

उपत्यकमा थप ९५१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, साउन २४ : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९५१ जना कोभिड संक्रमित थपिएका छन् । काठमाडौंमा ७४०, भक्तपुरमा ५६ र ललितपुरमा १५५ जना संक्रमित...
उपत्यकमा थप ९५१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, साउन २४ : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९५१ जना कोभिड संक्रमित थपिएका छन् । 

काठमाडौंमा ७४०, भक्तपुरमा ५६ र ललितपुरमा १५५ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै काठमाडौंमा सक्रिय संक्रमितको संख्या १०३८३ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २५४८ जना कोरोना संक्रमित थपिएका छन् भने ५५ जनाको संक्रमणबाट मृत्यु भएको छ । 

प्रकाशित मिति: १६:३७ बजे, आइतबार, साउन २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्