Kathmandu Press

शंका लागे भारतको मात्र हैन, सबै देशबाट आएको तरकारी परीक्षण गर्छौं : कृषिमन्त्री खनाल

काठमाडौं, असार २७ : कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणी खनालले शंका लागे भारतको मात्रै नभएर जुनसुकै देशबाट आएको तरकारी परीक्षण गरिने बताएका छन्।

शंका लागे भारतको मात्र हैन, सबै देशबाट आएको तरकारी परीक्षण गर्छौं : कृषिमन्त्री खनाल
रिवाज राई

काठमाडौं, असार २७ : कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणी खनालले शंका लागे भारतको मात्रै नभएर जुनसुकै देशबाट आएको तरकारी परीक्षण गरिने बताएका छन्।

आज कालीमाटी फलफूल तथा तरकारी बजारमा रहेको विषादी परीक्षण प्रयोगशालाको अनुगमन गरेका मन्त्री खनालले तरकारीमा विषादी भएको शंका लागे तत्कालै परीक्षण गरिने बताए। ‘शंका लागे भारतको मात्र हैन, जुनसुकै देशबाट आउने तरकारी, फलफूल तथा खाद्यान्नको परीक्षण गर्नेछौँ,’ मन्त्री खनालले भने।

विषादी परीक्षणको विषयमा केही नबुझेर आ–आफ्नै ढंगले विश्लेषण भइरहेको उनको भनाइ थियो। ‘विषादीको विषयमा छलफल हुनु राम्रो हो तर, विषादीको प्रयोग कति छ? कति प्रयोग गर्नुपर्छ, त्यो जान्न आवश्यक छ,’ उनले भने।

अहिले नेपालमा एक सय ६९ प्रकारका विषादी र ति विषादीको मिसावटबाट बन्ने तीन हजार ३५ प्रकारको विषादी प्रयोग गर्न पाइने गरेको बताए। अहिले सरकारले पाँच प्रकारको विषादीको प्रयोगमा प्रतिबन्ध लगाएको जानकारी दिए। सबै गरेर नेपालमा २१ प्रकारका विषादी प्रयोगमा प्रतिबन्द लगाइएको छ।

प्रकाशित मिति: १३:४४ बजे, शुक्रबार, असार २७, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्