Kathmandu Press

बेइजिङले कोभिड प्रभावित क्षेत्रबाट हुने आन्तरिक यात्रामा प्रतिबन्ध लगाउने

बेइिजङ, साउन २४ ः कोभिड–१९ को सङ्क्रमण भएका क्षेत्रहरूबाट चीन आएका यात्रीहरूमाथि प्रतिबन्ध लगाएर कोभिड–१९ महामारी फैलिन नदिन चीनको राजधानी बेइजिङले विभिन्न उपायहरू...
बेइजिङले कोभिड प्रभावित क्षेत्रबाट हुने आन्तरिक यात्रामा प्रतिबन्ध लगाउने

बेइिजङ, साउन २४ ः कोभिड–१९ को सङ्क्रमण भएका क्षेत्रहरूबाट चीन आएका यात्रीहरूमाथि प्रतिबन्ध लगाएर कोभिड–१९ महामारी फैलिन नदिन चीनको राजधानी बेइजिङले विभिन्न उपायहरू तय गरेको छ।

ग्लोबल टाइम्सका अनुसार बेइजिङमा फर्कने योजना बनाएका मध्यम वा उच्च जोखिम भएका क्षेत्रका वासिन्दाहरूलाई हवाई तथा रेल सेवाका लागि टिकट बिक्री तत्कालका लागि रोकिनेछ। बेइजिङका अधिकारीहरुले मध्यम र उच्च जोखिमयुक्त क्षेत्रमा रहेका मानिसहरुका लागि स्वास्थ्य कोडलाई अझै जोखिमको क्षेत्र सङ्केत गर्ने ‘पहेँलो रङ’ मा राखिनेछ। 

स्वास्थ्य सङ्केत हरियो भएका स्थानका मानिसहरूले भने कुनै अवरोध बिना बेइजिङतर्फ जाने विमान वा रेलमा चढ्न दिइने छ। चीनका विभिन्न प्रान्त वा सहरबाट नै राजधानी बेइजिङ जान हरियो सङ्केत हुनु जरुरी हुनेछ। 

Hardik ivf

चीनका थुप्रै शहरहरूमा पुनः कोभिड–१९ सङ्क्रमित भेटिन थालेपछि र उनीहरूमा समुदायबाटै सङ्क्रमण सरेको पुष्टि भएपछि चीनको राजधानीमा उच्च सतर्कताका लागि यो कदम चालिएको हो । 

चीनका १५ प्रान्त तथा नगरपालिकाहरूमा ५०० भन्दा बढी व्यक्तिमा ‘डेल्टा भेरियन्ट’ को प्रभाब देखिएको छ । 

बेइजिङको ड्याक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलले नान्जिङ, याङजाउ र झाङजियाजी जस्ता सङ्क्रमित भेटिएका र सङ्क्रमित रहेको १५ शहरबाट उडान भर्न रोक लगाएको घोषणा गरेको छ। 

विमानस्थलका उप महाप्रबन्धक वेन वुले भने, ‘बेइजिङ ड्याक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलले नान्जिङ, याङजाउ र झाङजियाजी जस्ता १५ सहरबाट उडान मार्गलाई अर्को सूचना जारी नहुँदासम्मका लागि निलम्बन गरेको छ।’ वुले उडानमा लगाइएको प्रतिबन्ध सङ्क्रमण बिस्तार नहोस भनेर गरिएको बताए।

यसैबीच, नयाँ कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि बेइजिङ अन्तर्राष्ट्रिय फिल्म मेला स्थगित गरिएको स्पुतनिकले गत बिहीबारको घटनाको आधिकारिक बयान उद्धृत गर्दै रिपोर्ट गरेको छ। 

‘देशका धेरै क्षेत्रहरूमा हालै महामारीको प्रकोपका कारण, सुरुमा अगस्त १४–२१ का लागि तय गरिएको ११ औं बेइजिङ इन्टरनेशनल फिल्म फेस्टिभल सामान्य सुरक्षा र स्वास्थ्यका कारण स्थगित गरिनेछ,’ मेला आयोजक समितिले जानकारी गराएको छ। तथापि, आयोजकहरूले यो मेला कहिले हुनेछ भन्नेबारे केही नबताएका स्पुतनिकले उल्लेख गरेको छ। 
 

प्रकाशित मिति: १५:१२ बजे, आइतबार, साउन २४, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्