Kathmandu Press

मेलम्ची र हेलम्बु बाढीपीडितका समस्या हल गर्न सरकारलाई घच्घच्याउँछु : प्रचण्ड

काठमाडौं, साउन २४ : सर्वदलीय प्रतिनिधिमण्डलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटी सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा बाढीपहिरोबाट भएको क्षतिबारे ध्यानाकर्षण गराएको छ...
मेलम्ची र हेलम्बु बाढीपीडितका समस्या हल गर्न सरकारलाई घच्घच्याउँछु : प्रचण्ड

काठमाडौं, साउन २४ : सर्वदलीय प्रतिनिधिमण्डलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटी सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा बाढीपहिरोबाट भएको क्षतिबारे ध्यानाकर्षण गराएको छ ।

प्रतिनिधिमण्डलले बाढीपहिरामा भएको क्षति र तत्कालका लागि आवश्यक पूर्वाधारबारे जानकारी गराएको थियो। सो अवसरमा प्रचण्डले आफू र आफ्नो पार्टीका तर्फबाट तत्परता र गम्भीरताका साथ प्रतिनिधिमण्डलले उठाएका विषयमा छलफल अगाडि बढाउने विश्वास दिलाए।

पूर्वप्रधानन्त्रीसमेत रहेका अध्यक्ष दाहालले मेलम्ची र हेलम्बुका बाढीपीडितका समस्या समाधानका लागि सरकारलाई घच्घच्याउने विश्वास पनि दिलाएको माओवादी केन्द्रका नेता सुबोध सापकोटाले जानकारी दिए।

‘देशमा बढेको प्राकृतिक प्रकोपको सम्बन्ध विश्वव्यापीरुपमा विकासको मोडलमा खोज्नुपर्ने भएको छ। हामीले पनि आफ्नो आन्तरिक अध्ययन र त्यसअनुसारको व्यवस्थापन गर्न जरुरी छ। यो समस्या हाम्रो मात्रै होइन,’ उनले भने, ‘हिमालयको काखमा रहेको नेपालमा बढ्दै गइरहेका यसप्रकारका प्राकृतिक प्रकोपका कुरा विश्वका फोरममा पनि उठाउन जरुरी छ।’

उनले प्रतिनिधिमण्डलले उठाएका विषयमा आफूले सरकारसँग स्पष्ट कुरा गर्ने विश्वास दिलाउँदै शीघ्र समस्या समाधानका लागि पहल गर्ने बताए। 

प्रकाशित मिति: १५:०९ बजे, आइतबार, साउन २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्