Kathmandu Press

हेटौंडाबाट काठमाडौं आउँदै गरेको सुमो दुर्घटना : चालकको मृत्यु, चार घाइते

काठमाडौं, साउन २४ : काठमाडौंबाट हेटौंडा जाँदै गरेको ना१ज २११४ नम्बरको टाटा सुमो दुर्घटनामा पर्दा चालकको घटनास्थलमै मृत्यु भएको छ भने त्यसमा सवार...
हेटौंडाबाट काठमाडौं आउँदै गरेको सुमो दुर्घटना : चालकको मृत्यु, चार घाइते

काठमाडौं, साउन २४ : काठमाडौंबाट हेटौंडा जाँदै गरेको ना१ज २११४ नम्बरको टाटा सुमो दुर्घटनामा पर्दा चालकको घटनास्थलमै मृत्यु भएको छ भने त्यसमा सवार चार यात्रु घाइते भएका छन्।

आइतबार भीमफेदी-कुलेखानी-काठमाडौं सडकखण्डस्थित मकवानपुरको इन्द्र सरोवर गाउँपालिका–२ सिमखोलानजिकै सो दुर्घटनामा परेको उक्त सुमोमा पाँचजना सवार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

मृतक चालकको नामठेगाना खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घाइते हुनेमा भारत विहारका १४ वर्षीय रोनक कुमार, १७ वर्षीय शङ्कर कुमार, २० वर्षीय विशाल कुमार र १८ वर्षीय शक्ति कुमार रहेको मकवान प्रहरीले जनाएको छ।
 
घाइतेको हेटौडा अस्पतालमा उपचार भइरहेको बताइएको छ। घाइते शक्तिको अवस्था गम्भीर रहेको जनाइएको छ।

सुमो आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खोल्सामा खसेको जनाइएको छ। 

प्रकाशित मिति: १४:५५ बजे, आइतबार, साउन २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्