Kathmandu Press

बाढीले बगाउँदा छोराको मृत्यु, आमाको उद्धार

सल्यान, साउन २४ : बाढीले बगाउँदा सल्यानमा एकजनाको मृत्यु भएको छ।छत्रेश्वरी गाउँपालिका-४ जुटढुङ्गा बस्ने ३२ वर्षीया डिल्ली ओलीका छोरा १२ वर्षीय ओमकार ओलीको...
बाढीले बगाउँदा छोराको मृत्यु, आमाको उद्धार

सल्यान, साउन २४ : बाढीले बगाउँदा सल्यानमा एकजनाको मृत्यु भएको छ।

छत्रेश्वरी गाउँपालिका-४ जुटढुङ्गा बस्ने ३२ वर्षीया डिल्ली ओलीका छोरा १२ वर्षीय ओमकार ओलीको सोही ठाउँस्थित गगनपानी खोला तर्ने क्रममा आएको बाढाीले बगाउँदा शनिबार साँझ मृत्यु भएको हो। 

आमासँग वनमा गाईगोरु चराई घर फर्कदै गर्दा गगनपानी खोला तर्ने क्रममा अविरल वर्षाको कारण माथिबाट बाढी आई बगाउँदा घटनास्थलदेखि २ सय मिटर टाढा ओमकारको शव फेला परेको हो।

साथै खोला नजिकै बहोस अवस्थामा रहेकी उनकी आमालाई ईलाका प्रहरी कार्यालय लुहामबाट खटिएको प्रहरीले उद्धार गरी उपचारका लागि स्वास्थ्य चौकी पठाएको र हाल अवस्था सामान्य रहेको जनाइएको छ।      
 

प्रकाशित मिति: १३:४३ बजे, आइतबार, साउन २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्