सोमबारदेखि एस्ट्राजेनेका खोप लगाइने, काठमाडौंमा १४४ केन्द्र तोकियो
काठमाडौं, साउन २४ : कोरोना भाइरसविरुद्धको कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएकाहरुलाई सरकारले एस्ट्राजेनेका खोप लगाउने भएको छ।भोलिदेखि (सोमबार) दोस्रो मात्रा दिइने भएको छ। एस्ट्राजेनेका...
काठमाडौं, साउन २४ : कोरोना भाइरसविरुद्धको कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएकाहरुलाई सरकारले एस्ट्राजेनेका खोप लगाउने भएको छ।
भोलिदेखि (सोमबार) दोस्रो मात्रा दिइने भएको छ। एस्ट्राजेनेका खोप लगाउनका लागि काठमाडौंमा १४४ केन्द्र तोकिएको छ।
यसअघि भेरोसेल खोपको दोस्रो मात्रा लगाउँदा कायम रहेका खोप केन्द्रहरुमा नै एस्ट्राजेनेका खोप लगाइने स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ।
यसअघि खोप कार्यक्रममा अनियमितता भएको समाचार बाहिर आएपछि यसपटक मन्त्रलायले नयाँ नियम लागु गरेको छ।
स्वास्थ्य मन्त्रालयको अनलाइन प्रणालीमा विवरण इन्ट्री गराएकाहरुलाई खोप प्रदान गरिने र अन्यथा भएमा खोप प्रदान गर्ने संस्थाका प्रमुख, कोअर्डिनेटर, स्वयंसेवक र संलग्न अन्य कर्मचारीहरुलाई कानुनबमोजिम कारबाही गर्ने चेतावनी स्वास्थ्य कार्यालयले दिएको छ।

प्रकाशित मिति: १२:०३ बजे, आइतबार, साउन २४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-1789476019.jpg)




-1789476019.jpg)





