Kathmandu Press

काभ्रेमा पहिरोले घर पुरिँदा दुईको मृत्यु, दुई घाइते

काभ्रे, असार २७ : काभ्रेमा पहिरोका कारण घर भत्किँदा दुई जनाको मृत्यु भएको छ। अन्य दुई जना घाइते भएका छन्। 

शुक्रबार बिहान बने....

काभ्रेमा पहिरोले घर पुरिँदा दुईको मृत्यु, दुई घाइते

काभ्रे, असार २७ : काभ्रेमा पहिरोका कारण घर भत्किँदा दुई जनाको मृत्यु भएको छ। अन्य दुई जना घाइते भएका छन्। 

शुक्रबार बिहान बनेपा नगरपालिका–३ रामप्रसाद दंगालको घर पहिरोले पुरिँदा उनकी पत्नी गोमा दंगाल र सात वर्षीया नातिनी सोहनी दंगालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक जयराज सापकोटाले जानकारी दिए।

घर भत्किँदा उनकी बुहारी सुशीला दंगाल र तीन महिनाकी नातिनी अनुस्का दंगाल घाइते भएका छन्। उनीहरुको उद्वार गरी उपचारका लागि शीर मेमोरियल अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १३:१५ बजे, शुक्रबार, असार २७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्