विप्लवकाे सोलुखुम्बु सेक्रेटरी शिवा खड्का भरतपुरमा पक्राउ
चितवन, असार २७ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सोलुखुम्बु जिल्ला सेक्रेटरी शिवा खड्का पक्राउ परेका छन्।
चितवन प्रह....

चितवन, असार २७ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सोलुखुम्बु जिल्ला सेक्रेटरी शिवा खड्का पक्राउ परेका छन्।
चितवन प्रहरीले उनलाई भरतपुर महानगरपालिका–२६ ज्योतिनगर क्षेत्रबाट आज पक्राउ गरेको हो। भरतपुरमा रहेको सूचना पाएपछि खोजी गरिरहेको प्रहरी टोलीले ज्योतिनगर क्षेत्रमा भेटेको जनाएको छ।
सोलुखुम्बु नेचासल्यान गाउँपालिका–२ खाल्पा माइतीकी खड्का महिला केन्द्रीय सदस्य, कोशी ब्यूरो संयोजक हुँदै सोलुखुम्बु जिल्लाको सेक्रेटरी भएकी थिइन्।
उनका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले बताए।
प्रकाशित मिति: १२:५० बजे, शुक्रबार, असार २७, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











