किरण गजमेरले जिते द भ्वाइस अफ नेपालको उपाधि
काठमाडौं, साउन २४ : गायन रियालिटी शो द भ्वाइस अफ नेपालको उपाधि किरण गजमेरले जितेका छन्।गएराति भएको फाइनलमा तीन प्रतिष्पर्धीलाई भोटका आधारमा पछि...
काठमाडौं, साउन २४ : गायन रियालिटी शो द भ्वाइस अफ नेपालको उपाधि किरण गजमेरले जितेका छन्।
गएराति भएको फाइनलमा तीन प्रतिष्पर्धीलाई भोटका आधारमा पछि पार्दै गजमेरले उपाधि जितेका हुन्। फाइनलमा टीम राजुबाट बाग्लुङकी तारा श्रीष मगर, टीम दीपबाट दार्जीलिङका आर्यन तामाङ र टीम तृष्णाबाट ज्वाला पुगेका थिए। उनीहरुले पनि द भ्वाइसको ट्रफी पाएका छन्।
दर्शकलाई भोट दिन एक साता सयम दिइएको थियो। उनलाई एसएमएस र अनलाइनमार्फत संसारभर रहेका नेपालीले भोट दिएका छन्। फाइनल एपिसोडमा चारै जनाले प्रस्तुत राखेका थिए।
किरण द भ्वाइस अफ नेपालकै लागि अमेरिकाबाट नेपाल आएका थिए। उनी आठ महिनादेखि नेपालमै छन्।
प्रकाशित मिति: ०७:३३ बजे, आइतबार, साउन २४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











