Kathmandu Press

सुडानका उपराष्ट्रपति माचरको दल र प्रतिद्वन्द्वी समूहबीच झडप हुँदा दर्जनौँको मृत्यु

जुबा, साउन २३ : दक्षिण सुडानको नाइल क्षेत्रमा सरकारी सेना र यहाँका उपराष्ट्रपतिको दल र उनी विरोधी गुटहरूबीच शनिबार व्यापक झडपहरू भएका छन्।दक्षिण...
सुडानका उपराष्ट्रपति माचरको दल र प्रतिद्वन्द्वी समूहबीच झडप हुँदा दर्जनौँको मृत्यु

जुबा, साउन २३ : दक्षिण सुडानको नाइल क्षेत्रमा सरकारी सेना र यहाँका उपराष्ट्रपतिको दल र उनी विरोधी गुटहरूबीच शनिबार व्यापक झडपहरू भएका छन्।

दक्षिण सुडानका उपराष्ट्रपति रिक माचरको ‘पिपुल्स लिबरेसन आर्मी–इन–अपोजिसन’ (एसपिएलए–आइओ) का प्रतिद्वन्द्वी गुटहरूबीच भएका घातक लडाइँमा दुई उच्च सैनिक अधिकारीसहित दर्जनौं सरकारी सेनाको मृत्यु भएको माचरका सैनिक प्रवक्ताद्वारा जारी एक वक्तव्यमा उल्लेख गरिएको छ। 

Hardik ivf

झडपमा प्रतिद्वन्द्वी सैन्य लडाकूको पनि ठूलो समूहलाई क्षति पुगेको उनले बताए। माचरका प्रतिद्वन्द्वीहरूले यस हप्ता पार्टी र यसका सैन्य बलको प्रमुखको रूपमा उनलाई पदबाट हटाइएको घोषणा गरेपछि झगडा चर्किएको  हो। 

झडपका कारण पाँच वर्षको गृहयुद्ध समाप्त गरी गरिएको कमजोर शान्ति सम्झौता कार्यान्वयनका लागि सैनिकमाथि थप दबाब पर्न सक्ने बताइएको छ। 

पार्टीका प्रतिद्वन्द्वी जनरल साइमन गाटवेच डुयलको नेतृत्वमा सशस्त्र फौजले माचरका समूहमाथि माथिल्लो नाइल राज्य क्षेत्रमा आक्रमण गरिएको उक्त हमलामा सम्लग्न ‘समूहलाई घृणा’ स्थानीयले विरोध गरेका प्रवक्ता कर्नल लाम पल गाब्रियलले बताए। 

माचरको एसपीएलए–आईओ फौजले दुई उच्च पदस्थ सैनिक अधिकारी र २७ भन्दा बढी ‘शत्रु’ सिपाहीहरूको हत्या गरेको थियो भने आफ्नो समूहका तीन जना व्यक्तिको मृत्यु भएको उनले बताए। 
यो लडाइँको स्वतन्त्र पुष्टि हुन भने सकेको छैन। गाटवेच डुअलको पक्षबाट घटनाबारे गरिएका अनुरोधहरूबारे तत्काल कुनै प्रतिक्रिया प्राप्त हुनसकेको छैन। 

डुएल र अर्का लेफ्टिनेन्ट जनरललाई सीमा पार गरेर सुडानमा उद्धार गरिएको दाबी गरेका छन्, साथै आफ्ना पक्षका वफादार सैनिकलाई माचरको इलाकामा जाइलाग्न आह्वान गरिएको गब्रियलले बताए।  

‘एसपीएलए–आईओ नेतृत्वले सुडान सरकारलाई सुडानमा यी दुईलाई कायम राखेर आफ्नो तटस्थता कायम राख्न र उनीहरूलाई फर्केर त्यस क्षेत्रमा बढी असुरक्षा उत्पन्न गर्न नदिन अनुरोध गर्दछ,’ उनीद्वारा जारी विज्ञप्तीमा जनाइएको छ।

प्रकाशित मिति: २०:५८ बजे, शनिबार, साउन २३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्