Kathmandu Press

सबै नागरिकलाई कोरोनाविरुद्धको खोप दिलाउन प्रतिबद्ध : मुख्यमन्त्री पोखरेल

नवलपुर, साउन २३ : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नवलपुरको विकासको कामले तीव्रता पाएको बताएका छन्।नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–१ धारापानीस्थित नवदुर्गा आधारभूत विद्यालय...
सबै नागरिकलाई कोरोनाविरुद्धको खोप दिलाउन प्रतिबद्ध : मुख्यमन्त्री पोखरेल

नवलपुर, साउन २३ : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नवलपुरको विकासको कामले तीव्रता पाएको बताएका छन्।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–१ धारापानीस्थित नवदुर्गा आधारभूत विद्यालय भवनको आज उद्घाटन गर्दै उनले जिल्लाको नारायणी नदीबाट त्रिवेणीसम्म जल यातायात, बिपी अन्तर्राष्ट्रिय खेल मैदान तथा ट्रमा सेन्टरको काम अगाडि बढेसँगै जिल्लामा विकासको गतिले तीव्रता पाएको बताएका छन्। 

मुख्यमन्त्री पोखरेलले गैँडाकोट–बुलिङटार जोड्ने सडक निर्माणको कामले पनि गति लिएको उल्लेख गर्दै प्रदेशका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप दिलाउन सरकार प्रतिबद्ध रहेको बताए। 

भुकम्पले सो विद्यालयको भवन भत्किएपछि सोही स्थानमा प्रदेश सरकार संसद् विकास कोषको २१ लाख १० हजार बजेटबाट निर्माण शुरु गरिएको थियो। विद्यालयको भवन निर्माणका लागि अपुग रकम स्थानीय श्रमदान, विद्यालयको आन्तरिक स्रोत र चन्दा संकलनबाट जुटाइएको विद्यालयका प्रधानाध्यापक शक्तिप्रसाद कँडेलले जानकारी दिए।

प्रकाशित मिति: २०:२७ बजे, शनिबार, साउन २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्