Kathmandu Press

कृषिमन्त्री खनाल तरकारी बजारको अनुगमनमा

काठमाडौं, असार २७ : कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले आज बिहानै कालीमाटीस्थित तरकारी बजारको अनुगमन गरेका छन्।

प्राविधिक टोलीसह....

कृषिमन्त्री खनाल तरकारी बजारको अनुगमनमा
रिवाज राई

काठमाडौं, असार २७ : कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले आज बिहानै कालीमाटीस्थित तरकारी बजारको अनुगमन गरेका छन्।

प्राविधिक टोलीसहित कालीमाटी पुगेका मन्त्री खनालले तकारी बजारको अवलोकन गरेका हुन्। उनले त्यहाँ आउने तरकारीका विषयमा जानकारी समेत लिएका छन्।

उनले तरकारीमा प्रयोग गरिएको विषादी परीक्षण गर्ने ल्याबको पनि अनुगमन गरेका छन्।

भारतबाट आउन तरकारी सीमामा परीक्षण गर्ने ल्याब नहुँदा कालीमाटी नै ल्याउने गरिएको थियो। भारतीय राजदूतावासको दवावमा अहिले तरकारीमा प्रयोग गरिएको विषादी परीक्षण रोकिएको छ।

मन्त्री खनालले तरकारीमा प्रयोग गरिएको विषादी परीक्षणसम्बन्धी ल्याबका विषयमा पनि जानकारी लिएका हुन।

 

प्रकाशित मिति: ११:४२ बजे, शुक्रबार, असार २७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्