Kathmandu Press

अमेरिका र बेलायतद्वारा आफ्ना नागरिकलाई तत्काल अफगानिस्तान छाड्न आग्रह

बेलायत, साउन २२ : अफगानिस्तानबाट अमेरिकी नेतृत्वमा रहेको विदेशी सैनिकको फिर्ता प्रक्रिया बढेपछि तालिवान विद्रोहीले आफ्नो गतिविधिलाई देशभर बढाएको र यसका कारण सुरक्षा...
अमेरिका र बेलायतद्वारा आफ्ना नागरिकलाई तत्काल अफगानिस्तान छाड्न आग्रह

बेलायत, साउन २३ : अफगानिस्तानबाट अमेरिकी नेतृत्वमा रहेको विदेशी सैनिकको फिर्ता प्रक्रिया बढेपछि तालिवान विद्रोहीले आफ्नो गतिविधिलाई देशभर बढाएको र यसका कारण सुरक्षा अवस्था बिग्रँदै गएको भन्दै संयुक्त राज्य अमेरिका र बेलायतले आफ्ना नागरिकलाई तत्काल अफगानिस्तान छाड्न आग्रह गरेका छन्।

अफगानिस्तानको सुरक्षा अवस्था कमजोर बनेकोले अन्तर्राष्ट्रिय आतङ्कवादी समूहहरूले अफगानिस्तानमा आफ्ना नागरिकहरूलाई लक्षित आक्रमण हुन सक्ने चिन्ता बेलायतको विदेश मन्त्रालयले प्रकट गरेको छ।

Hardik ivf

काबुलस्थित अमेरिकी राजदूतावासले तत्काल हवाई टिकट खरिद गर्न नसक्ने अवस्थामा रहेका आफ्ना नागरिकलाई ऋण उपलब्ध गराउने समेत जानकारी गराएको छ। 

अमेरिकाले आफ्ना नागरिकहरूलाई व्यापारिक उडानहरूबाट फर्कन र दूतावासले गर्ने आपत्कालीन उद्धारमा भर नपर्न आग्रह गरेको छ।

स्थानीय अधिकारीहरूका अनुसार तालिवान लडाकुहरूले निम्रोज प्रान्तको राजधानी जारञ्जमाथि नियन्त्रण कायम गरेका छन्। त्यसलाई सरकारी फौजका निम्ति ठूलो धक्काको रूपमा हेरिएको छ।  

दक्षिण–पश्चिमी अफगानिस्तानको उक्त शहर तालिबान लडाकुहरूको नियन्त्रणमा गएको पहिलो प्रान्तीय राजधानी बनेको छ। तालिवान लडाकू समूहको अबको निशानामा दक्षिणी शहरहरू कान्दहार र लश्कर गह रहेको देखिएको छ।

शुक्रवार ट्विटरमा एउटा पोस्ट गर्दै तालिबान लडाकुहरूले इरानी सीमासँग जोडिएको एउटा महत्त्वपूर्ण व्यापार केन्द्र जारञ्जमाथि कब्जा गरेको दाबी गरेका थिए। 

प्रकाशित मिति: १८:४३ बजे, शनिबार, साउन २३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्