मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
काठमाडौं, साउन २३ : मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।काठमाडौं महानगरपालिका-६ स्थित सडकमा प्रदेश नम्बर ३-०२-००७प ६२५६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री तारकेश्वर...
काठमाडौं, साउन २३ : मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।
काठमाडौं महानगरपालिका-६ स्थित सडकमा प्रदेश नम्बर ३-०२-००७प ६२५६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री तारकेश्वर नगरपालिका-७ फुटुङ्ग नागपोखरी बस्ने ७० वर्षीय रामचन्द्र खत्रीको शनिबार बिहान मृत्यु भएको प्रहरीेले जनाएको छ।
ठक्करबाट गम्भीर घाइते भएका उनको पिपल्स अस्पताल नयाँबजारमा उपचारका क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रकाशित मिति: १७:४० बजे, शनिबार, साउन २३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











