Kathmandu Press

जुवातास खेलिरहेको अवस्थामा ३२ जना पक्राउ

काठमाडौं, साउन २३ : जुवातास खेलिरहेको अवस्थामा काठमाडौंलगायत देशका विभिन्न  स्थानबाट प्रहरीले ३२ जनालाई पक्राउ गरेको छ।काठमाडौंको गोकर्णेश्वर नगरपालिका-६ वासुकी चोक बस्ने कनकबहादुर...
जुवातास खेलिरहेको अवस्थामा ३२ जना पक्राउ

काठमाडौं, साउन २३ : जुवातास खेलिरहेको अवस्थामा काठमाडौंलगायत देशका विभिन्न  स्थानबाट प्रहरीले ३२ जनालाई पक्राउ गरेको छ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका-६ वासुकी चोक बस्ने कनकबहादुर तामाङको जस्ताको टहरोमा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं गोकर्णेश्वर नगरपालिका-५ नयाँबस्ती बस्ने काभ्रे नमोबुद्ध नगरपालिका–५ घर भएका २८ वर्षीय प्रेम तामाङ समेत आठजनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। 

उक्त टहरोमा जुवातास खेलिरहेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई ४२ हजार रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो।

यसैगरी काठमाडौंकै गोकर्णेश्‍वर नगरपालिका-६ जोरपाटीस्थित पूर्ण सुनुवारको शेर्पा रेस्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा सुनुवारसमेत सातजनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो।

रेस्टुरेन्टमा जुवातास खेलिरहेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धको प्रहरीले उनीहरूलाई नगद ७७ हजार ५ सय ५० रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो।

त्यसैगरी मोरङको विराटनगर महानगरपालिका-१२ स्थित संगम गीत गजलमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका(१ बस्ने १८ वर्षीय किशोर समेत १२ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख ३१ हजार २ सय ४० रुपैयाँ सहित पक्राउ गरेको हो।

स्याङ्जा, वालिङ नगरपालिका-९ भुम्रे बस्ने लोक बहादुर श्रेष्ठको घरमा तास खेलिरहेको अवस्थामा श्रेष्ठ लगायत पाँचजनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

उनको घरमा जुवातास खेलिरहेको भन्ने सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४२ हजार ५ सय रुपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो।

प्रकाशित मिति: १७:२९ बजे, शनिबार, साउन २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्