Kathmandu Press

प्रहरीको परीक्षामा नक्कली परीक्षार्थी खडा गर्ने एकजना पक्राउ

डोटी, साउन २३ : नक्कली परीक्षार्थी खडा गरी प्राविधिक प्रहरी जवानको परीक्षा दिन लगाएको आरोपम शुक्रबार साँझ एकजना पक्राउ परेका छन्।पक्राउ पर्नेमा बझाङ सुर्मा...
प्रहरीको परीक्षामा नक्कली परीक्षार्थी खडा गर्ने एकजना पक्राउ

डोटी, साउन २३ : नक्कली परीक्षार्थी खडा गरी प्राविधिक प्रहरी जवानको परीक्षा दिन लगाएको आरोपम शुक्रबार साँझ एकजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बझाङकाे सुर्मा गाउँपालिका-३ बस्ने २० वर्षीय करन बिसी रहेको प्रहरीले जनाएको छ।

सुदूरपश्चिम प्रहरी तालिम केन्द्र दिपायलमा प्राविधिक प्रहरी जवान पदको अन्तर्वार्ता परीक्षामा सहभागी भएको समयमा भर्ना छनोट समितिबाट सोधपुछ गर्दा बिसीले लिखित परीक्षामा नक्कली परीक्षार्थी खडा गरी परीक्षा दिन लगाएको खुलेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीका जिल्ला प्रहरी कार्यालय डोटी पठाइएको उक्त तालिम केन्द्रले जनाएको छ।
 

प्रकाशित मिति: १७:११ बजे, शनिबार, साउन २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्