यार्सागुम्बालगायत जडिबुटीसहित काठमाडौंमा एकजना पक्राउ
काठमाडौं, साउन २३ : यार्सागुम्बालगायत जडिबुटीसहित काठमाडौंमा एकजना पक्राउ परेका छन्।चन्द्रागिरी नगरपालिका-२ स्थित नागढुङ्गाबाट यार्सागुम्बा जडिबुटीजस्तो देखिने वस्तु ४ सय १२ ग्राम, शिलाजित...
काठमाडौं, साउन २३ : यार्सागुम्बालगायत जडिबुटीसहित काठमाडौंमा एकजना पक्राउ परेका छन्।
चन्द्रागिरी नगरपालिका-२ स्थित नागढुङ्गाबाट यार्सागुम्बा जडिबुटीजस्तो देखिने वस्तु ४ सय १२ ग्राम, शिलाजित जस्तो देखिने पदार्थ ६ सय ५० ग्राम र रातो केशरीजस्तो देखिने पदार्थ १ सय ग्रामसहित जुम्ला कन्कासुन्दरी गाउँपालिका-८ बस्ने २४ वर्षीय तुला कामीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ।
काँकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको ना७ख २१११ को बसलाई नागढुङ्गास्थित चेक प्वाइन्टमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा कामीले झोलाभित्र लुकाएर ल्याएको उक्त जडिबुटी फेला पारी पक्राउ गरेको हो।
उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौंमा पठाइने महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ।
प्रकाशित मिति: १७:०१ बजे, शनिबार, साउन २३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











