एकदिवसीय क्रिकेटमा कप्तान पारसको सतक
काठमाडौं, माघ १४ : नेपाल क्रिकेट टोलीका कप्तान पारस खड्काले एकदिवसीय क्रिकेटमा सतक प्रहार गरेका छन्। एक दिवसीय क्रिकेटमा सतक बनाउने उनी पहिलो नेपाली खेलाडीसमेत बन....
काठमाडौं, माघ १४ : नेपाल क्रिकेट टोलीका कप्तान पारस खड्काले एकदिवसीय क्रिकेटमा सतक प्रहार गरेका छन्। एक दिवसीय क्रिकेटमा सतक बनाउने उनी पहिलो नेपाली खेलाडीसमेत बनेका छन् । पारसले ९६ बलमा १ छक्का र १३ चौकासहित सतक प्रहार गरेका थिए।
युएईसँगको तीन दिवसीय खेलअन्तर्गत आजको अन्तिम खेलमा कप्तान खड्काले २१५ रन बनाए। उनले १०९ बलमा १ छक्का र १५ चौका प्रहार गरे।
एक दिवसीयमा पारसको यो ब्यक्तिगत उच्च स्कोर हो। यसअघि लिस्ट ए मा दुई सतक बनाएका पारसको उच्च स्कोर ११२ रन थियो।
पारसले यसअघि नेदरल्यान्ड्सविरुद्ध अर्धसतक प्रहार गर्दै ५१ रन बनाएका थिए।
प्रकाशित मिति: १८:१८ बजे, सोमबार, माघ १४, २०७५
थप समाचार






