Kathmandu Press

खैरो हेरोइनसहित काठमाडौंमा दुईजना पक्राउ

काठमाडौं, साउन २३ : प्रतिबन्धित लागूऔषध खैरो हेरोइनसहित काठमाडौंमा दुईजना पक्राउ परेका छन्।महानगरीय प्रहरी वृत्त महाराजगन्जद्वारा परिचालन टोलीले शुक्रबार दिउँसो काठमाडौं महानगरपालिका-३ धारापाटीस्थित...
खैरो हेरोइनसहित काठमाडौंमा दुईजना पक्राउ

काठमाडौं, साउन २३ : प्रतिबन्धित लागूऔषध खैरो हेरोइनसहित काठमाडौंमा दुईजना पक्राउ परेका छन्।

महानगरीय प्रहरी वृत्त महाराजगन्जद्वारा परिचालन टोलीले शुक्रबार दिउँसो काठमाडौं महानगरपालिका-३ धारापाटीस्थित सुरज राजभण्डारीको घरको भुइँ तल्लामा डेरा गरी बस्ने सुवास बराल र मोबिन जोलाहालाई पक्राउ गरेको हो।

उनीहरू बस्ने घरबाट खैरो हेरोइन बेचबिखन भइरहेको भन्ने सूचना पाएपछि वृत्त महाराजगन्जको विशेष टोलीले चेकजाँच गर्दा लागुऔषध २० ग्राम, लागुऔषध जोख्ने तराजु एक थान, मोबाइल तीन थान, ८२ हजार रुपैयाँ, भारतीय रुपैयाँ ५ सय दरको ९ हजार बरामद गरेको बताइएको छ।

उनीहरूलाई नियन्त्रणमा लिई लागु औषध नियन्त्रण ऐन, २०३३ अनुसार अनुसन्धान भइरहेको वृत्त महाराजगन्जले जनाएको छ।
 

प्रकाशित मिति: १५:४९ बजे, शनिबार, साउन २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्