Kathmandu Press

व‌ंशाणुगत कारण पनि बढ्न सक्छ मोटोपन : अध्ययन

सन् १९७५ यता विश्वभर मोटा वयस्कको संख्या तीन गुणाले बढेको छ। यसमा आहार र व्यायामको अभावको प्रमुख भूमिका छ।

तर, जिनले पनि प्रभाव पार्ने हालै प्रकाशित अध्ययनले....

व‌ंशाणुगत कारण पनि बढ्न सक्छ मोटोपन : अध्ययन

सन् १९७५ यता विश्वभर मोटा वयस्कको संख्या तीन गुणाले बढेको छ। यसमा आहार र व्यायामको अभावको प्रमुख भूमिका छ।

तर, जिनले पनि प्रभाव पार्ने हालै प्रकाशित अध्ययनले देखाएको छ। बिएमजे जर्नलमा प्रकाशित प्रतिवेदनमा अस्वस्थकर जीवनशैलीले मोटोपनको जिन भएका मानिसको तौल बढाउने सम्भावना पनि बढाउने अनुसन्धाताले उल्लेख गरेका छन्। 

‘ओबिसिटी’ वा मोटोपनको मानक ‘बडि–मास इन्डेक्स’ (बिएमआइ) शरीरको तौल र उचाइका आधारमा मापन गरिन्छ। बिएमआइको मानक २५ देखि ३० भएका व्यक्तिलाई बढी वजन अर्थात् ‘ओभर वेट’ भएको मानिन्छ। बिएमआइ ३० भन्दामाथि भए मोटोपन भएको मानिन्छ। यस्ता व्यक्तिलाई हृदयाघात, मधुमेह र केही क्यान्सर पनि हुने उच्च जोखिम हुन्छ।

Hardik ivf

सन् १९७० को दशकमा करिब चार प्रतिशत वयस्कको बिएमआइ ३० वा सोभन्दा माथि थियो। सन् २०१६ सम्म उनीहरूको बिएमआइ १३ प्रतिशत पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। तीमध्ये पुरूषको बिएमआइ ११ र महिलाको १५ सम्म पुगेको देखिन्छ। हाल १८ वर्ष र सोभन्दा बढी उमेरका करिब दुई अर्ब मानिसको बिएमआइ ‘ओभर वेट’ छ। यो कुल वयस्क जनसंख्याको ३९ प्रतिशत हो। तीमध्ये ७० करोड चिकित्सकीय भाषामा ‘ओबिज’ अर्थात् मोटोपनबाट पीडित छन्।

अत्यधिक शारीरिक तौल बालबालिका माझ नाटकीय रूपले बढेको छ। सन् १९७५ मा चार प्रतिशतको अत्यधिक तौल रहेकोमा सन् २०१६ मा १८ प्रतिशत पुगेको छ।
मोटोपनमा वातावरण र जिनको प्रभाव पत्ता लगाउन नर्वेजियन युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीका मारिया ब्रान्कभिस्टले वैज्ञानिकहरूको टोली नेतृत्व गरेकी थिइन्। उनीहरूले नर्वेका करिव एक लाख २० हजार मानिसको तौल र उचाइ सन् १९६३ देखि २००८ सम्म नियमित मापन गरेका थिए।

सन् १९८० र ९० को दशकमा वयस्कको शारीरिक वजन उल्लेखनीय रूपले वृद्धि भएको उनीहरूले पत्ता लगाए। सन् १९७० पछि जन्मिएका व्यक्तिको बिएमआइ अघिल्ला पुस्ताभन्दा बढी हुने सम्भावना रहेको पाइयो।

त्यसरी अनुगमन गरिएका आधा सहभागीलाई वंशाणुगत मोटोपनको जोखिमको आधारमा पाँच समूहका बाँडिएको थियो। सबैभन्दा न्यून र सबैभन्दा उच्च जोखिम भएका दुई समूह तुलना गर्दा तौल बढ्ने वंशाणुगत कारण भएका ३५ वर्षीय पुरूष मोटापन बढाउने जिन नभएका सोही उमेरका पुरूषको तुलनामा सन् १९६० को दशकमै मोटो रहेको पाइयो। 

चार दशकपछि मोटोपनको दर समग्रमा बढेपनि यो अन्तर झण्डै दोब्बर भयो। महिलामा पनि उस्तै प्रवृत्ति देखिएको छ। तर कालान्तरमा भएको वृद्धि केही कम देखिएको छ। ‘वंशाणुगत कारणले मोटाउने औसत उचाइ भएको ३५ वर्षको व्यक्ति ६० को दशकको वंशाणुगत सुरक्षा भएका व्यक्तिभन्दा ३.९ किलो बढी हुने देखिन्छ,’ ब्रान्कभिस्टले बताइन्।

‘आज नर्वेमा उक्त जिनले सो व्यक्तिलाई ६.८ किलो बढी तौल थप्नेछ।’ यसबाहेक मोटोपन बढाउने वातावरणमा बाँचेकैले सो व्यक्तिको तौलन थप ७.१ किलो बढ्ने उनले बताइन्। ‘यो व्यक्तिको थप १३.९ किलो शारीरिक तौल बढ्नुमा आजको अस्वस्थ जीवनशैली मुख्य कारण हो तर यसमा उसको जिनले वातावरणसँग गर्ने अन्तर्क्रियाको पनि भूमिका हुन्छ।

‘जेनेटिक प्रोफाइल’ र मोटोपनको स्तरबीच बलियो सहसम्बन्ध भएपनि अध्ययनको प्रकृतिले प्रत्यक्ष कार्यकारण सम्बन्ध निर्धारण नगर्ने अनुसन्धाताले जनाएका छन्। चिकित्सकीय परीक्षणले मात्रै कार्यकारण सम्बन्धमाथि प्रकाश पार्नसक्छ। तर, व्यवहारिक र नैतिक कारणले मानवीय परीक्षण सम्भव छैन।
 

प्रकाशित मिति: ०६:५५ बजे, शुक्रबार, असार २७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्