Kathmandu Press

बढ्न थाले स्क्रबटाइफसका बिरामी

 दार्चुला, साउन २३ : जिल्लामा स्क्रबटाइफसका बिरामी बढ्दै गएका छन्। यही साउन दोस्रो सातादेखि हालसम्म आठ जनामा त्यस्ता बिरामी देखिएको जिल्ला अस्पतालले जनाएको छ। अस्पताल...
बढ्न थाले स्क्रबटाइफसका बिरामी

 दार्चुला, साउन २३ : जिल्लामा स्क्रबटाइफसका बिरामी बढ्दै गएका छन्। यही साउन दोस्रो सातादेखि हालसम्म आठ जनामा त्यस्ता बिरामी देखिएको जिल्ला अस्पतालले जनाएको छ। 

अस्पताल अनुसार तीन स्थानीय तहका छ महिला र दुई पुरुषमा स्क्रबटाइफसको लक्षण देखिएको छ। मालिकार्जुन र व्यास गाउँपालिकामा एक एक  र महाकाली नगरपालिकाका छ मा रोगको लक्षण देखिएको सूचना अधिकारी डम्मरदत्त भट्टले जानकारी दिए। उपचारका लागि पुगेका व्यक्तिको आरडिटी जाँच गर्दा स्क्रबटाइफसको लक्षण देखिएको उनले बताए। गत वर्षमा जिल्लाभरि ३४ जनामा स्क्रबटाइफस देखिएको थियो।

चिकित्सकका अनुसार ‘माइट’ नामक किर्नाको टोकाइबाट स्क्रबटाइफस हुने भएकाले सरसफाइमा विशेष ध्यान दिनुपर्नेमा जोड दिएका छन्। गत वर्ष देखिएकामध्ये २५ महिला थिए।

महिला पशुचौपायको प्रत्यक्ष सम्पर्कमा रहने र ओसिलो ठाउँमा महिला घाँस तथा स्याउला सोत्तर गर्ने भएका कारण पुरुषभन्दा बढी महिला स्क्रबटाइफसको जोखिममा रहेको उनले जानकारी दिए।
 

प्रकाशित मिति: १४:३७ बजे, शनिबार, साउन २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्