Kathmandu Press

भेरी अस्पतालमा उपचारत दुई कोरोना संक्रमितको मृत्यु

राँझा, साउन २३ : नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारत दुई कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा  गुलरिया नगरपालिका– ९ का ५० वर्षीय पुरुष र...
भेरी अस्पतालमा उपचारत दुई कोरोना संक्रमितको मृत्यु

राँझा, साउन २३ : नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारत दुई कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा  गुलरिया नगरपालिका– ९ का ५० वर्षीय पुरुष र बारबर्दिया नगरपालिका– २ का ५२ वर्षीय पुरुष रहेका जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र, बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए। 

योसँगै कोरोना सङ्क्रमण भई अन्यत्र जिल्लाबाट बाँके आएका ३८३ को मृत्यु भएको छ। जिल्लाका अस्पतालमा कोरोना उपचारका लागि भर्ना हुने र मृत्यु हुने संक्रमितको संख्या पुनःबढ्दै गएको छ। 

संक्रमण दर बढ्दै गएपछि प्रशासनले भीडभाड नगर्न र स्वास्थ्य मापदण्डलाई पूर्णरुपमा पालना गर्न पुनःसचेत पारेको छ। परीक्षणको नतिजाबाट संक्रमणको दर उच्च हुँदै गएको र अस्पतालमा पनि कोरोनाका बिरामीको चाप बढ्दै गएकाले रोकथाम र नियन्त्रणका लागि पूर्वसावधानी अपनाई संक्रमणदर शून्यमा झार्न सबैको अह्म जिम्मेवारी र भूमिका रहेको  प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए।

जिल्लामा निषेधाज्ञा कायमै रहेको अवस्थामा विभिन्न व्यक्ति र समूहबाट भीडभाडजन्य क्रियाकलाप गर्ने, तोकिएको स्वास्थ्य सुरक्षाको मापदण्ड पालना नगरी सार्वजनिक गतिविधिमा संलग्न हुने गर्दा जोखिम उच्च हुन गई सम्भावित तेस्रो लहरको प्रतिकार्यमा समेत बाधा पुग्न जाने भएकाले तत्काल त्यस्ता गतिविधि नगर्न र नगराउन सचेत पारिएको जनाइएको छ। 
 

प्रकाशित मिति: १४:२३ बजे, शनिबार, साउन २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्