मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
ललितपुर, साउन २३ : ललितपुरको वाग्मती गाउँपालिका-३ मास्खोलामा शनिबार बिहान मोटरसाइकल दुर्घटना हुँदा घाइते एकजनाको मृत्यु भएको छ।दुर्घटनामा घाइते भएका दुवैजनालाई पाटन अस्पताल...
ललितपुर, साउन २३ : ललितपुरको वाग्मती गाउँपालिका-३ मास्खोलामा शनिबार बिहान मोटरसाइकल दुर्घटना हुँदा घाइते एकजनाको मृत्यु भएको छ।
दुर्घटनामा घाइते भएका दुवैजनालाई पाटन अस्पताल ल्याएर उपचार गर्दै गर्दा एकको मृत्यु भएको प्रहरीले जनाएको छ।
महानगरीय प्रहरीवृत्त चापागाउँका अनुसार मृत्यु हुनेमा काठमाडौंको कलङ्की घर भएका ४८ वर्षीय निरज खनाल छन्।
एउटै साधनमा दुवै व्यक्ति कान्ति लोकपथ भएर हेटौंडा जाने क्रममा बा४५प ४९०६ नम्बरको मोटरसाइकल निरन्तर वर्षाले सडक बिग्रेका कारण २ सय मिटर तल खसेको थियो।
दुर्घटनामा घाइते भएका अर्का व्यक्ति ललितपुरको धोबीघाट घर भएका ४७ वर्षीय निरञ्जनसिंह हमालको भने अहिले पाटन अस्पतालमै उपचार भइरहेको प्रहरी निरीक्षक राजेन्द्र थापाले बताए।
बिहान दुर्घटना भएको सूचना पाएर घटनास्थल पुग्दा दुवै घाइते अवस्थामा भएकाले पाटन ल्याएर उपचार गर्ने क्रममा खनालको मृत्यु भएको प्रहरीले जनाएको छ।











