Kathmandu Press

भारतमा दैनिक संक्रमित दरमा कमी, सक्रिय संक्रमितको संख्या पनि घट्यो

नयाँ दिल्ली, साउन २३ : भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितको संख्उयामा कमी आएको छ। शुक्रवार सार्वजनिक गरिएको विवरणको तुलनामा शनिबार सार्वजनिक गरिएको विवरणमा दैनिक संक्रमितको...
भारतमा दैनिक संक्रमित दरमा कमी, सक्रिय संक्रमितको संख्या पनि घट्यो

नयाँ दिल्ली, साउन २३ : भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितको संख्उयामा कमी आएको छ। 

शुक्रवार सार्वजनिक गरिएको विवरणको तुलनामा शनिबार सार्वजनिक गरिएको विवरणमा दैनिक संक्रमितको संख्यामा कमी देखिएको हो। 

शुक्रबारभन्दा शनिवारको विवरणमा झण्डै छ हजार कमी देखिएको सरकारी अधिकारीले जानकारी दिएका छन्। 

Hardik ivf

शनिबार सार्वजनिक गरिएको विवरणअनुसार पछिल्लो २४ घण्टामा भारतमा ३८ हजार ६२८ जना नयाँ सङ्क्रमित थपिएका छन्। जवकी शुक्रबार सार्वजनिक गरिएको विवरणमा ४४ हजार ६४३ जना नयाँ संक्रमित भएको उल्लेख थियो। 

सरकारी अधिकारीका अनुसार पछिल्लो एकै दिनमा ४० हजार १७ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएका छन्।

एउटै समयावधिमा नयाँ संक्रमितको संख्याभन्दा संक्रमणमुक्त भएकाको संख्या धेरै भएकाले अहिले सङ्क्रमित अवस्थामै रहेकाको संख्या घटेको छ। 

भारतमा अहिले संक्रमित अवस्थामै रहेकाको कूल सङ्ख्या चार लाख १२ हजार १५३ रहेको छ। जवकी अघिल्लो दिन चार लाख १४ हजार १५३ रहेको थियो। 

सरकारी अधिकारीका अनुसार भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या तीन करोड १८ लाख ९५ हजार ३८५ पुगेको छ। तीमध्ये १.२९ प्रतिशत मात्रै अहिले संक्रमित अवस्थामै रहेका छन्।

संक्रमित भएर पनि अहिले संक्रमणमुक्त भइसकेकाको सङ्ख्या भने तीन करोड १० लाख पुगेको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

भारतमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित भएर चार लाख २७ हजार ३७१ जनाको मृत्यु भएको छ। तीमध्ये ६१७ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो। 

सरकारी अधिकारीका अनुसार भारतमा अहिलेसम्म ४७ करोड ८३ लाख जनाको कोरोना परीक्षण गरिएको छ। 

भारतमा पछिल्लो एक दिनमा ४९ लाख ५५ हजार १३८ जनालाई कोरोनाभाइरस विरुद्धको खोप लगाइएको छ। योसँगै अहिलेसम्म खोप लगाएकाको सङ्ख्या  ५० करोड १० लाख नौ हजार ६०९ पुगेको छ।  
 

प्रकाशित मिति: १२:४१ बजे, शनिबार, साउन २३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्