Kathmandu Press

एनआरएनए इंग्ल्यान्ड राज्यपरिषद युकेको अध्यक्षमा लालबहादुर गुरुङ 

काठमाडौं, साउन २३ : गैरआवासीय नेपाली संघ (एनआरएनए) इंग्ल्यान्ड राज्यपरिषद युकेको अध्यक्षमा लालबहादुर गुरुङ विजयी भएका छन्।सो परिषदका उपाध्यक्षसमेत रहँदै आएका गुरुङले नयाँ कार्यसमसत...
एनआरएनए इंग्ल्यान्ड राज्यपरिषद युकेको अध्यक्षमा लालबहादुर गुरुङ 

काठमाडौं, साउन २३ : गैरआवासीय नेपाली संघ (एनआरएनए) इंग्ल्यान्ड राज्यपरिषद युकेको अध्यक्षमा लालबहादुर गुरुङ विजयी भएका छन्।

सो परिषदका उपाध्यक्षसमेत रहँदै आएका गुरुङले नयाँ कार्यसमसत चयनका लागि भएको निर्वाचनमा उनले ३हजार ६ सय ३२ मत प्राप्त गरे। उनका प्रत्यासी डा. मीन रानाभाटाले भने ३ हजार १ सय ४१ मत ल्याएका थिए।

एनआरएन युकेको युवा संयोजकको जिम्मेवारीसमेत सम्हालिसकेका उनले यसपालि परिषद हाँक्ने जिम्मेवारी दिएकोप्रति आफ्ना मतदातालाई समाजिक सञ्जालमार्फत आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गरेका छन्।

त्यसक्रममा उनले निर्वाचन कसैलाई माथि चढाउने र कसैलाई तल गिराउने मानसिकताको उपज नभई लोकतन्त्रको सबैभन्दा सुन्दर अभ्यास भएको तर्क गरेका छन्।

‘ममा जितको उन्माद छैन, न त हार्ने साथीहरुमा हारको हीनताबोध हुनु जरुरी छ,’ उनले लेखेका छन्, ‘संस्थामा जो पुगे पनि व्यक्तिगत स्वार्थका लागि नभई सामूहिक भावना र सामूहिक एजेन्डामा रहेर काम गर्न हो।’

सबैलाई सामूहिकतामा समेट्ने कोसिस गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले संस्थागत विकास, यसको मर्यादा र गरिमालाई अझै ओजपूर्ण बनाउन हरदम लागिरहने विश्वास दिलाएका छन्।

गुरुङ स्याङ्जाको पुतलीबजार नगरपालिकास्थित कोल्माका बासिन्दा हुन्।

प्रकाशित मिति: १२:१५ बजे, शनिबार, साउन २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्