सरकारविरुद्ध नेविसंघले निकाल्यो राँके जुलुस, १४ जना पक्राउ
काठमाडौं, असार २६ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले काठमाडौंमा राँके जुलुस निकालेको छ।
....
काठमाडौं, असार २६ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले काठमाडौंमा राँके जुलुस निकालेको छ।
भारतबाट आयात हुने तरकारी र फलफूमा विषादी परीक्षण गर्ने निर्णय फिर्ता लिएको विरोधमा नेविसंघले सरकारविरुद्ध बिहीबार काठमाडौंमा राँके जुलुस निकालेको हो।
नेविसंघले बिहीबार साँझ काठमाडौंको पुलतीसडक र बालाजुमा राँके जुलुस निकालेको थियो। नेविसंघ पूर्वकेन्द्रीय सदस्य सुशील भट्टको नेतृत्वमा निकालिएको राँके जुलुस बालाजु बाइपास हुँदै बालाजु चोकमा आएर कोणसभामा परिणत भएको थियो।

कोणसभा चलिरहेका बेला प्रहरीले नेविसंघ पूर्वकेन्द्रीय सदस्य भट्टसहित १४ जना विद्यार्थी नेताहरुलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा विद्यार्थी नेताहरु निरञ्जन थापा, पवन थापा, सुवास घिमिरे, सुदिप अधिकारी, विजय ढुंगाना, मनोज राना, सौरब घिमिरे, सन्देश पन्त, सुशील ढकाल, प्रदिप जङ साह, अमृत लामिछाने, उत्सव अवस्थी र अनिल महर्जन रहेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई जिल्ला प्रशासन कार्यालयमार्फत विषाक्त तरकारी र फलफूल उपहार पठाएको नेविसंघले सरकारको निर्णयको विरोधमा चरणबद्ध आन्दोलनमा उत्रिएको छ।

.jpg)
.jpg)











