Kathmandu Press

आजदेखि देशभर मास्क अभियान सुरु हुँदै

काठमाडौं, साउन २३ : कोरोना भाइरस संक्रमणबाट जोगाउन आजदेखि देशभर मास्क अभियान सञ्चालन गर्न लागिएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘महामारी नियन्त्रण र रोकथाममा...
आजदेखि देशभर मास्क अभियान सुरु हुँदै

काठमाडौं, साउन २३ : कोरोना भाइरस संक्रमणबाट जोगाउन आजदेखि देशभर मास्क अभियान सञ्चालन गर्न लागिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिवद्धता‚ मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने नाराका साथ अभियान सुरु गर्न लागेको हो। आजबाट सुरु हुने अभियान साउन २९ गतेसम्म चल्नेछन्।

अभियानको अवधिमा मास्क लगाउन सिकाइनेछ। त्यस्तै, मास्कको महत्व बुझाउने र मास्क वितरण गरिने जनाइएको छ।

यो अभियानका लागि म पनि मास्क लगाउँछु‚ अरुलाई पनि मास्क लगाउन प्रेरित गर्छु लगायतका नारा पनि तय गरिएको छ।

प्रकाशित मिति: ०८:४१ बजे, शनिबार, साउन २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्