Kathmandu Press

प्रधान सेनापति थापाद्वारा समाधिस्थलको समुद्‍घाटन 

प्रधान सेनापति थापाद्वारा समाधिस्थलको समुद्‍घाटन 

काठमाडौं, साउन २२ : उपत्यकाको चन्द्रागिरी नगरपालिका दहचोक स्थित निर्माण गरिएको काजी कालु पाँडे समाधिस्थलको प्रधान सेनापति महारथी श्री पूर्णचन्द्र थापाले एक कार्यक्रमका बीच समुद्घाटन गरेका छन् ।

नेपाली सेनाको एकीकरण मार्ग कार्यक्रम अनुसार गढीकिल्लाहरुको संभार, संरक्षण तथा प्रबर्द्धन गर्ने नीति अनुरुप चन्द्रागिरी नगरपालिका वडा नं.१ दहचोक स्थित काजी कालु पाँडे समाधिस्थलको निर्माण तथा स्तरोन्नती कार्य सम्पन्न गरिएको हो ।

कार्यक्रममा काजी कालु पाँडे काजी तुलाराम पाँडे स्मृति प्रतिष्ठानका अध्यक्ष रथी पवन बहादुर पाँडे (अ.प्रा), चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरि, चन्द्रागिरि नगरपालिका वडा नं.१ का वडा अध्यक्ष राजेन्द्र के.सी. लगायत नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरुको उपस्थित रहेको थियो ।
 

प्रकाशित मिति: २०:३३ बजे, शुक्रबार, साउन २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्