Kathmandu Press

किमाथाङ्काबाट कोरोना खोपको आपूर्ति मिलाउन माग

काठमाडौं, साउन २२ : चीनसँग सीमा नाका जोडिएको सङ्खुवासभाको किमाथाङ्कामार्फत कोरोना खोपको आपूर्ति मिलाउन सरकारसँग माग गरिएको छ।कांग्रेस नेता दीपक खड्काको नेतृत्वमा गएको सङ्खुवासभावासी...
किमाथाङ्काबाट कोरोना खोपको आपूर्ति मिलाउन माग

काठमाडौं, साउन २२ : चीनसँग सीमा नाका जोडिएको सङ्खुवासभाको किमाथाङ्कामार्फत कोरोना खोपको आपूर्ति मिलाउन सरकारसँग माग गरिएको छ।

कांग्रेस नेता दीपक खड्काको नेतृत्वमा गएको सङ्खुवासभावासी प्रतिनिधिमण्डलले स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई भेट गरी चाँडो कोरोना खोपको सुनिश्चितता प्रदान गर्न आग्रह गरेका हुन्।

‘सङ्खुवासभाका सबै स्थानीय तहका जनताले कोरोना खोप प्राप्त गर्नुपर्छ, किमाथाङ्काबाट कोरोना खोप ल्याउन लाग्ने हेलिकोप्टर ढुवानी म आफू बेहोर्छु,’ उनले भने।

नेता खड्काले दुवै चरणको खोप लगाएका जनतालाई निर्वाधरूपमा आफ्नो व्यापार व्यवसाय सञ्चालन गर्न, कोरोनाको बहाना देखाएर बन्द रहेका सबै सरकारी कार्यालयका कर्मचारीलाई खोप प्रदान गरेर सञ्चालन गर्न र दुवैमात्रा खोप लगाएका पर्यटकलाई निर्बाध रूपमा मुलुकमा घुम्ने वातावरण निर्माण गर्न आग्रहसमेत गरे।

सो अवसरमा स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले सरकार तेस्रो चरणको कोरोना महामारीबारे सचेत रहेको र यसका लागि आवश्यक गृहकार्य थालिसकेको जानकारी दिए। उनले ५ करोड २२ लाख डोज खोप सुनिश्चित गरेको बताए। 

प्रकाशित मिति: १६:१५ बजे, शुक्रबार, साउन २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्