Kathmandu Press

सभामुख सापकोटाद्वारा निर्माणाधीन सङ्घीय संसद् भवनको अवलोकन

काठमाडौं, साउन २२ :  सभामुख अग्निप्रसाद सापकोटाले निर्माणाधीन संसद् भवनको शुक्रबार अवलोकन गरेका छन्।अवलोकनका क्रममा विशेष भवन निर्माण परियोजनाका प्रमुख दिलीपशेखर श्रेष्ठले आयोजनाको...
सभामुख सापकोटाद्वारा निर्माणाधीन सङ्घीय संसद् भवनको अवलोकन

काठमाडौं, साउन २२ :  सभामुख अग्निप्रसाद सापकोटाले निर्माणाधीन संसद् भवनको शुक्रबार अवलोकन गरेका छन्।

अवलोकनका क्रममा विशेष भवन निर्माण परियोजनाका प्रमुख दिलीपशेखर श्रेष्ठले आयोजनाको हालसम्मका प्रगति बारे जानकारी गराए।

निर्माणाधीन भवनको अवलोकनपछि सभामुख सापकोटाले संसद् भवनको निर्माण कार्यप्रति आफू सन्तुष्ट रहेको बताए। 

पछिल्ला समय निर्माणमा भइरहेको प्रगतिले खुशी लागेको बताउँदै उहाँले प्रतिकूलताका बीच पनि निर्माण कार्यले गति लिएको र आगामी दिनमा पनि समन्वयात्मक ढंगले काम गर्न निर्देशन दिए। 

तोकिएको समयमै निर्माण सम्पन्न गर्न सबै उपाय अपनाउन आग्रह गर्दै उनले त्यसका लागि आफ्नो साथ र सहयोग रहने बताए।

सिंहदरबारको पुतली बगैँचामा निर्माणाधीन संसद् भवनको भौतिक प्रगति ३२.५ प्रतिशत पुगेको छ। २०७६ असोज १६ गते सम्झौता भई निर्माण शुरु भएको उक्त भवनको हालसम्मको वित्तीय प्रगति ३० प्रतिशत रहेको आयोजनाले जनाएको छ। 

प्रकाशित मिति: १५:४५ बजे, शुक्रबार, साउन २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्