Kathmandu Press

सङ्क्रमण बढेपछि अमेरिकामा स्वास्थ्य मापदण्डमा कडाइ

वासिङ्टन, साउन २१ : पछिल्लो समय कोभिड-१९ को सङ्क्रमण बढ्दै गएको भन्दै अमेरिकी सरकारले जनस्वास्थ्यका मापदण्डहरुमा कडाइ गर्ने जनाएको छ।पछिल्ला केही समयमा यसको सङ्क्रमण...
सङ्क्रमण बढेपछि अमेरिकामा स्वास्थ्य मापदण्डमा कडाइ

वासिङ्टन, साउन २१ : पछिल्लो समय कोभिड-१९ को सङ्क्रमण बढ्दै गएको भन्दै अमेरिकी सरकारले जनस्वास्थ्यका मापदण्डहरुमा कडाइ गर्ने जनाएको छ।

पछिल्ला केही समयमा यसको सङ्क्रमण बढेपछि कतिपय राज्यहरुमा मास्क लगाउन अनिवार्य पनि गरिएको छ। त्यसैगरी कतिपय अस्पतालहरुमा कोभिडका सङ्क्रमितहरु बढेका समाचारहरु पनि आइरहेकाले सरकारले आवश्यक थप तयारी थालेको पनि बताइएको छ।

अमेरिकी संस्था ‘सेन्टर फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सन’ले आगामी चार हप्तामा अमेरिकामा कोभिडका संक्रमितहरु बढ्न सक्ने बताएको छ। सो संस्थाले आगामी चार हप्तामा यहाँका अस्पतालहरुमा भर्ना हुने दर बढ्ने तथा उपचारका लागि आएका व्यक्तिहरुको मृत्युको दर पनि बढ्न सक्ने अनुमान गरेकाले सरकारले थप तयारी थालेको बताइएको हो।

उक्त संस्थाले बुधबार प्रकाशन गरेको विज्ञप्तिमा कोभिडको सङ्क्रमण अबका चार हप्तामा बढ्न सक्ने देखिएकाले यसको नियन्त्रणका लागि जनस्वास्थ्यका मापदण्डहरु अपनाउन सबै नागरिकमा अपिल पनि गरेको छ। 

प्रकाशित मिति: १४:३५ बजे, शुक्रबार, साउन २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्